चीन भ्रमणमा ऋण नलिने मुडमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् । आज (सोमबार) प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगर्ने जानकारी गराएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए । ‘प्रधानमन्त्रीले यसपालीको चीन भ्रमणमा म लोन सम्झौता गर्दिनँ भन्ने खालको कुरा गर्नुभयो,’ पूर्वप्रधानमन्त्री खनालले भने ।
तर खनालको विचारमा चीनसँग बीआरआईमार्फत ऋण लिनु नेपालको हितमा रहेको छ । चीनसँग ऋण लिने विषय अन्तर्राष्ट्रिस्तरमै एकदमै विवादास्पद रहेको विषयमा भने खनालले केही प्रकाश पारेनन् ।
प्रतिक्रिया