सुन तोलामा १५ हजार ९ सय र चाँदीमा एक सय १५ रुपैयाँ घट्यो
काठमाडौं । सरकारले सुनको भन्सार दरमा कटौंटी गरेसँगै सुनको भाउ उल्लेख्य रूपमा घटेको छ । आज सोमबार सुनको मूल्य १५ हजार ९०० रुपैयाँले घटेको छ । आज अब सुन प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा बनाएको छ ।
सरकारले सुनको आयात भन्सार दर घटाएकोमा सुनचाँदी व्यवसायीहरूले स्वागत गरेका छन् । उनीहरूले सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै विगत लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेकाले सुनचाँदी व्यवसायले सकारात्मक मोड लिने विश्वास व्यक्त गरेका छन् ।