दुर्गा प्रसाईं अस्पतालमा भर्ना
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका छन्। अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाहअनुसार उनलाई भर्ना गरिएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले आइतबार प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन्। प्रसाईं क्यान्सर समस्याबाट ग्रस्त छन्।
यसैबीच प्रसाईं पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको छ । छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै किर्ते कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो । प्रसाईंमाथि साइवर अपराधको पटके कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।