पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। नियुक्ति भएको पाँच महिना पुरा नहुँदै भोलि सोमबारदेखि लागू हुने गरी अधिकारीले राजीनामा दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ’ प्रवक्ता गिरीले जानकारी दिए।

सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन्। अधिकारी गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर