सापकोटालाई पदमुक्त गर्न गरिएको माग अस्वीकार

काठमाडौं ।  सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न गरिएको माग अस्वीकार गरेका छन् । जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ का आधारमा सापकोटालाई दलबाट निष्कासन गरी संघीय संसद सदस्य पदबाट हटाउन माग गरेको थियो ।

तर, सभामुख घिमिरेले भने सापकोटाले पद गुमाउने प्रकृतिको कुनै कसुर नगरेको र कारबाहीका लागि पेस गरिएका कागजपत्रहरू विश्वसनीय नभएका आधारमा थप कारबाही नगर्ने निर्णय गरेका हुन् ।

‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नुपर्नेमा कुनै द्विविधा छैन,’ सभामुख घिमिरेले भने, ‘तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुर्‍याउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर