ट्रम्पको महान्यायाधिवक्ता नियुक्ति विवादमा
काठमाडौं । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन् । यसअघि नियुक्त गरेका माट गेट्जले आफ्नो नाम फिर्ता लिएपछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गरेको जानकारी दिएका हुन् । गेट्जले आफ्नो नियुक्तिमा सिनेटबाट समर्थन नपाउने अनुमान गर्दै नाम फिर्ता लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गेट्ज यौन दुर्व्यवहार प्रकरणमा परेकोले उनको नियुक्ति हुनासाथ नै विवाद बढेको थियो । सिनेटमा रिपब्लिकन सांसदको बहुमत रहे पनि कयौं रिपब्लिकन सांसदले गेट्जको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकारसमेत गरेका थिए । अर्कोतर्फ नव नियुक्त महान्यायाधिवक्ता बोन्डी फ्लोरिडाकी पूर्वमहान्यायाधिवक्ता हुन् । गेट्जले नाम फिर्ता लिना साथ उनको नाम चर्चामा रहेको थियो ।
प्रतिक्रिया