साताको अन्तिम दिन पनि शेयर बजार ओरालोतर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर दुई हजार ६८०.४४ बिन्दुमा शेयर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ५.३३, फ्लट इन्डेक्स २.१३ र सेन्सेटिभ फ्लट इन्डेक्स १.८५ अंकले घटेको छ । यस्तै १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।

यसदिन कारोबारमा आएका २४४ मध्ये १९७ कम्पनीको शेयरमा गिरावट आएको छ भने ४३ कम्पनीको शेयर बढेको छ । अन्य चार कम्पनीको शेयर स्थिर रहेको छ । नेप्से परिसूचक घटे पनि यसदिन दुई वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त र थ्रिस्टार हाइड्रोपावरको शेयरमा सर्किट लागेकोमा जानकी फाइनान्सको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । आज ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर