आईसीसी टी–२० अलराउन्डर सूची : दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा कायम

काठमाडौं । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् । आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हार्दिक पाण्ड्या २४४ अंकसहित दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

आईसीसी टी–२० अलराउन्डरको सूचीको दोस्रो स्थानमा भने नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित कायम रहेका छन् । त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा झरेका छन् । यस सूचीमा नेपालका गुलशन झाले एक स्थान सुधार गर्दै ३५ औ स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर