भारतका स्थल सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं ।  भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् । मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेको छ। द्विवेदी मंसिर ९ गतेसम्म नेपालमा रहनेछन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर