सहकारी पीडितहरूमाथि माइतीघरमा लाठीचार्ज

काठमाडौं ।  सहकारी पीडितहरूमाथि माइतीघरमा प्रहरीले  गरेको छ । लामो समयको आन्दोलनपछि बुधबारदेखि पुन: प्रदर्शन सुरु गरेका पीडितहरूलाई प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रहरीले गरेको लाठीचार्जका क्रममा कम्तीमा ४ जना घाइते भएको सहकारी तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ ।

पटक-पटकको आन्दोलनमा सरकारले आश्वासन देखाए पनि माग सम्बोधन नगरेको भन्दै आजदेखि पीडितहरूले पुन: आन्दोलन शुरु गरेका हुन् । गत चैतदेखि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गरे पनि सरकारले नसुनेको पीडितको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर