बंगबजारमा भीषण आगलागी

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ ।

मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल प्रयोग गरिएको जनाइएको छ ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ। प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको जनाइएकाे छ ।

अहिलेसम्म मानवीय क्षति भने नभएको जनाइएकाे छ। प्रत्यक्षदर्शीका अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्ने बित्तिकै सामान हटाउन थालेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर