नेसन्स लिग : पोर्चुगल क्रोसियासँग बराबरीमा

काठमाडौं ।  युइएफए नेसन्स लिगमा पोर्चुगल बराबरीमा रोकिएको छ। सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो। पोर्चुगलका लागि खेलको ३३औँ मिनेटमा जोआओ फेलिक्सले शुरुआती अग्रता दिलाएका थिए। यता, क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औँ मिनेटमा बराबरी गोल गरे।

यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई विश्राम दिएको थियो। जितसँगै पोर्चुगल समूह ए मा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ। त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो रहँदा रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुँदै नेसन्स लिग बी मा रेलिगेट भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर