स्विट्जरल्यान्डमाथि स्पेनको जित

काठमाडौं ।  स्पेनले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ। सोमबार राति भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले समान एक एक गोल गरे। यता, स्विट्जरल्यान्डका लागि जोएल मोन्टेरो र एन्डी जेकिरीले समान गरेको गोल सान्त्वना बन्यो।

खेलको ३२औँ मिनेटमा स्पेनका लागि पिनोले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। जीतसँगै समूह डी मा रहेको स्पेनले ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। यता, पराजित स्विट्जरल्यान्ड भने समान खेलबाट दुई अंकसहित पुच्छारमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर