वैज्ञानिकहरूको नयाँ खोज : सौर्यमण्डलमा शनि ग्रहसँग १ सय ४५ वटा चन्द्रमा
काठमाडौं । के तपाइँहरूलाई थाहा छ ? हाम्रो सौर्यमण्डलमा कुन चाहिँ ग्रहसँग बढी चन्द्रमा छन् ? पहिले पढेको ज्ञानअनुसार अवश्य पनि सजिलै उत्तर आउँछ, वृहस्पति ग्रहसँग, हुन पनि अहिलेसम्मको मानवीय खोजले त्यही बताउँछ, तर नवीन मानवीय खोजले अब त्यो तथ्य पुरानो भएको जानकारी दिन्छ । हालैको वैज्ञानिकहरूको पछिल्लो नयाँ खोजले वृहस्पति ग्रहको साथमा रहेको ९५ वटा चन्द्रमालाई पछि पारेर शनिग्रहले जितेको छ । अहिले शनिसँग कुल १ सय ४५ वटा चन्द्रमा भएको पत्तालागेको छ ।
अन्तर्राष्ट्रिय खगोलीय संगठनले शनिसँग अहिले कुल १ सय ४५ वटा चन्द्रमाहरू रहेको सीकारेका छन्, जुन वृहस्पतिको ९५ वटा चन्द्रमा भन्दा बढी हो। विशेष कुरा के छ भने हालै सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको १२ वटा नयाँ चन्द्रमा पाएपछि यसलाई हाम्रो सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह घोषणा गरिएको थियो । तर तीन महिनाभित्रैको नयाँ खोजपछि वृहस्पतिको यो उपाधि खोसियो ।
शनिको नयाँ ६२ वटा चन्द्रमा, जसलाई औंठी आकार (रिङ) सहितको ग्रह भनिन्छ, खगोलविद्हरूको दुई समूहले पत्ता लगाएका थिए। यसमा संलग्न खगोलविद् स्कट शेफर्डका अनुसार दुवै ग्रहसँग धेरै चन्द्रहरूमा छन् तर यसपटक शनिले जित हासिल गरेको छ ।
दोस्रो समूहको खोजको नेतृत्व ताइवानी वैज्ञानिक एडवर्ड एस्टनले गरेका थिए। नयाँ चन्द्रमाको आकार एकदेखि दुई माइल मात्र हुन्छ, हेर्दा पनि तिनीहरू आलु जस्तै अनियमित–गोलाकार हुन्छन्। उनीहरुले शनिको परिक्रमा गर्दै ६० लाखदेखि १.८ करोड किलोमिटर टाढाबाट परिक्रमा गरिरहेका छन् । त्यस्तै शनिको सबैभन्दा ठूलो चन्द्रमा टाइटन हो, जसले लगभग १ मिलियन किलोमिटरको दूरीमा परिक्रमा गर्छ।
यी साना चन्द्रमाहरू पनि विशेष छन्
शनिका साना चन्द्रमाहरू समूहमा बस्छन्। प्रारम्भिक अनुमानहरूले सुझाव दिन्छ कि तिनीहरू ठूला चन्द्रमाहरूबाट लगभग १५० माइलको दूरीमा टुटेको हुन सक्छ। यस कारणले गर्दा, साना चन्द्रमाहरूलाई हाम्रो सौर्यमण्डलको गठन प्रक्रिया बुझ्नको लागि एक रोचक लिङ्क भनिन्छ।
नासाका वैज्ञानिक बोनी बुरातीका अनुसार अपराधको अनुसन्धानमा फिंगरप्रिन्ट जत्तिकै महत्वपूर्ण मानिन्छ । सौर्यमण्डल गठन हुँदा कत्तिको अशान्त थियोरु द्वन्द्व कसरी भइरहेको थियो रु सूर्यको परिक्रमा गर्न ग्रहहरू कसरी एकअर्कासँग जोडिँदै थिएरु तिनीहरूले अनुमान आदिमा मद्दत गर्छन्। केही वैज्ञानिकहरुको अनुमान छ कि आउँदा दिनमा हामीले अरु धेरै चन्द्रमाहरुको बारेमा थाहा पाउन सक्छौं, उनीहरुको संख्या हजारौं हुन सक्छ । डा. शेफर्डका अनुसार कुनै निश्चित कक्षमा बसेर कुनै ग्रहको वरिपरि घुम्ने हरेक पिण्डलाई त्यस ग्रहको चन्द्रमा भनिन्छ। खगोल विज्ञानले अहिलेसम्म तिनीहरूको न्यूनतम आकारको परिभाषा निर्धारण गरेको छैन।
मानव बसोबासका लागि उपयुक्त थप दुई ग्रहको खोज
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बस्न मिल्ने थप दुई ग्रह फेला पारेको छ । टीओआई–२०९५बी र टीओआई–२०९५ सी नामका दुवै ग्रहहरू आकारमा पृथ्वीभन्दा ठूलो र भारी छन्। दुवै ग्रहको सतहको तापक्रम २४ देखि ७४ डिग्री सेल्सियसको बीचमा छ। नासाका अनुसार यी ग्रहहरू आफ्नो ताराबाट राम्रो दूरीमा बसिरहेका छन्। यसले प्रमाणित गर्छ कि यी ग्रहहरू मानव बसोबासको लागि उपयुक्त हुन सक्छन्। ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटबाट ती दुवै सूर्य जस्तै रातो देखिन्थे। टीओआई–२०९५ ब्रह्माण्डमा ताराहरूको सबैभन्दा ठूलो समूह हो। यो हाम्रो सूर्यभन्दा कम तातो छ। तर यसको विकिरणले पराबैंजनी र एक्स–रे, तरंगहरू उत्सर्जन गरिरहेको छ। टीओआई–२०९५ बाट निस्कने विकिरणले नजिकका ग्रहहरूको वायुमण्डललाई नष्ट गर्न सक्छ। तर हामीले कुरा गरिरहेका दुई ग्रहहरू यति राम्रो दूरीमा छन् कि तिनीहरूको आफ्नै वायुमण्डल छ। (एजेन्सी)