कीर्तिपुरमा जसपा नेपालको उम्मेदवार तेस्रोलिंगी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति जसपा नेपाल उपेन्द्र यादव नेतृत्वको तर्फबाट तेस्रोलिंगी दीपक महर्जन (हनी) ले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उनले मनोनयनपत्र दर्ता गराए । निर्वाचन आयोगले आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने जनाएको छ ।
निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
प्रतिक्रिया