प्रचण्डको अभिव्यक्तिको एमालेद्वारा निन्दा

काठमाडौं ।  भारतीय सञ्चारमाध्यम द हिन्दूमा पुष्पकमल दाहाल प्रचण्डले अन्तर्वार्तामा दिएको अभिव्यक्तिको नेपाल कम्युनिष्ट पार्टी एमालेले निन्दा एवम् भर्त्सना गरेको छ ।

अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री प्रचण्डले ‘चाइना कार्ड प्रयोग भनेर आरोप लगाउनु ‘निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य भएको एमालेले ठहर गरेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रयोग भएको एमालेले विज्ञाप्तिमा उल्लेख गरेको छ । प्रचण्डको भनाईले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक सौदाबाजी गर्ने प्रवृत्ति देखाएको एमाले विज्ञाप्तिमा उल्लेख छ । नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न पनि एमालेले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर