रवि लामिछानेको बयानको आज तेस्रो दिन

काठमाडौं ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज तेस्रो दिन सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजेबाट सुरु भएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न मंगलबार पोखराबाट रूपन्देही पुर्‍याइएको थियो।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर