२१ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४ र  एन्टीजेन परिक्षण गर्दा ७ गरी जम्मा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९१ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ४८ हजार १२० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ११२ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर