धर्मनिरपेक्ष, संघीयता र गणतन्त्र असफल : राप्रपा नेपाल

काठमाडौं । राप्रपा नेपालले २०६२र६३ को आन्दोलनपछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल प्रमाणित भएको निष्कर्ष निकालेको छ। राप्रपा नेपाल केन्द्रीय कार्यसमितिद्वारा वीरगन्जमा आयोजित ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ मा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने, हिन्दुराष्ट्र स्थापना तथा तराई मधेसको उत्थानको मुख्य उद्देश्यका साथ आगामी २०८१ पौष महिनामा ‘चतराधाम(त्रिवेणीधाम जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
यस्तै राप्रपा नेपालले तराई मधेस राष्ट्रिय सम्मेलन उत्साहपूर्णरूपमा सम्पन्न भएको जनाएको छ। सम्मेलनमा तराई मधेसका २१ जिल्लाका १८५ प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनमा उपाध्यक्ष धीरेन्द्र झा तथा महामन्त्री राजराम वर्तौलाद्वारा प्रस्तुत ‘मधेस उत्थान विशेष अभियान’ सम्बन्धी अवधारणापत्र र कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।