आरजु राणा र मञ्जु खाँणलाई पक्राउ गर्न एमाले भ्रातृ संगठनको प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं समानुपातिक सांसद डा. आरजु राणा र मञ्जु खाँणलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन गरिएको छ ।
काठमाडौंमा सोमबार नेकपा एमालेनिकट राष्ट्रिय युवा संघलगायत भ्रातृ संस्थाहरुले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गरेका छन् । उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनुपर्ने भन्दै दवाबस्वरुप प्रदर्शन गरेको जनाएका छन् ।
प्रतिक्रिया