नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदबाट खेद प्रस्ताव पारित गर्न रास्वपाको प्रस्ताव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा संसद्बाट खेद प्रस्ताव पारित गर्न प्रस्ताव राखेको छ।
प्रतिनिधिसभाको बैठकको शून्यसमयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो प्रकरणले नेपाली राजनीतिलाई लज्जित बनाएको बताए। ‘नेपाल राष्ट्रको लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यो घटनाप्रति लज्जाबोध गरेर खेद प्रस्ताव पारित गर्न अनुरोध गर्न चाहन्छु’ प्रमुख सचेतक परियारले प्रस्ताव राखे।
रास्वपाले नेपालमा भ्रष्टाचार ब्याप्त रहेको उठाउँदै आएको र रास्वपाले विगतमा उठाएको विषयलाई नक्कली भुटानी प्रकरणले पुष्टि गरेको उनको भनाइ छ। नेपालमा भ्रष्टाचार कति रहेछ भन्न यो प्रकरणले सार्वजनिक गरेको परियारले बताए । साथै उनले शरणार्थी प्रकरणमा गृहमन्त्री सदनमा जानकारी दिन पनि माग गरे ।