प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरको बज्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर देशमा स्थिरता कायम गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे ।
सहकारी ठगीको विषयमा सरकारले आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने उनले बताए । माओवादी सरकारबाट बाहिरिँदा आफूले कांग्रेस-एमालेलाई धन्यवाद दिएको बताउँदै प्रचण्डले अब खुलेर जनतामाझ गएर आफूहरुको सरकारले गरेको उपलब्धि र अबको कार्यक्रमबारे जानकारी दिने समय मिलेको बताए ।
प्रतिक्रिया