प्रधानमन्त्रीद्वारा भुटानी शरणार्थी प्रकरणमा सरकारलाई समर्थन गरेकोमा आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न सरकारले चालेका सुधारात्मक कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको दावी गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा सोमबार आयोजित “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा” कार्यक्रममा प्रधानमन्त्रीले विदेशी मुद्राको सञ्चिति बढेको र तरलता र ब्याजदरलगायत अन्य कतिपय परिसूचकहरुमा सुधार आएको दावी गरेका हुन् । उनले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन। सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रुपमा लागेको बताउँदै भने, “भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसका साथै भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर