एमाले सचिव रायमाझीलाई ३ दिन थुनामा राख्ने अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो। प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो। प्रहरीले अब रायमाझीलाई बयान गराउने छ। रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो।
प्रतिक्रिया