पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा झडप

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पाथीभरा दर्शन गर्न जाने केबलकार निर्माणको शिलान्यासका क्रममा झडप भएको छ। शिलान्यासका लागि निर्माण सामग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो।

पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै पहिचान पक्षधरहरूले यसअघिदेखि नै आन्दोलन गर्दै आएका थिए। प्रकृति नष्ट गरेर केबलकार बनाउन नहुने उनीहरूको तर्क छ। विवादका क्रममा दुई पक्षबीच झडप हुँदा केवलकार निर्माणको विरुद्धमा रहेका चन्द्र मादेन घाइते भएका छन् ।

निर्माण क्षेत्रमा स्काइभेटर मेसिन लाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीबाट मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेका थिए । त्यसपछि प्रहरीले मेसिनको चाबी लिएको थियो । प्रहरीसँग चाबी मागेर आन्दोलरत पक्ष आन्दोलित भएको थियो । त्यही क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर