पाटन दरबार क्षेत्रमा प्रसिद्ध कात्तिक नाच सुरु
ललितपुर । पाटन दरबार क्षेत्रको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा भएको छ । हरेक वर्ष कात्तिक शुक्ल षष्ठीदेखि यो नाचको सुरु हुने गर्दछ ।
नेपाल सवंत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिं मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सु–व्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याइ मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ ।
दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरि क्रमशः बाथ: प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयण, बराह अवतार, नृसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिने गरिन्छ ।