आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको छ।
हिजो बुधबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया