मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
काठमाडौं । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका लम्साल पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा लम्साल लामो समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया