पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

काठमाडौं । आफ्ना सभापति पक्राउ विरोधमा पोखरामा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार गरेको हो ।
रास्वपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको गुनासो गरेका छन् भने प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेकाले रोक्ने प्रयास भएको बताएको छ । रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस हानेको हो। पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।
प्रतिक्रिया