सिटीलाई ४ अंकको अग्रता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

आईतबार राति गुडिसन पार्कमा भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले हराउँदै सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।

सिटीले पहिलो हाफमै दुई शून्य गोलको अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

त्यसको केही बेरमा अर्थात् ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन योगदान गरे ।

दोस्रो हाफको सुरुमै ५१ औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।

उक्त जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७ औं स्थानमा सीमित रहेको छ ।

समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ ।

एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर