तिहारको चौथो दिन आज शनिबार गाई पूजा सम्पन्न

काठमाडौं ।  नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछ । आज पशुपति आश्रममा बटुकहरुले गाई र गोवर्धन पूजा गरेका छन् । गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर नैवेद्य खना दिएर पूजा गरिएको छ ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर