बार्सिलोना ला लिगा च्याम्पियन बन्याे

काठमाडौं । घरेलु टोली स्पानियोलमाथि ४-२ को सहज जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान १-१ गोल गरेका थिए । स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान १-१ गोल गरेका थिए ।

यो सँगै बार्सिलोनाले २७ औं पटक ला लिगा उपाधि जितेको छ । बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो ।

जाभी हर्नान्डेज टोलीको मुख्य प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो ।

शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलमा ८५ अंक छ ।

दोस्रो स्थानको रियाल मड्रिडको समान खेलमा ७१ अंक छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर