आज नेपाल-बंगलादेशबिच भिडन्त : प्रधानमन्त्री ओली दर्शक
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को आज हुने खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । नेपाल र बंगलादेशबीच हुने फाइनल उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।
आज दशरथ रंगशालामा ६ः३० बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हरार नेपाल फाइनलमा पुगेको हो भने बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा पुगेको हो । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । यस पटक नेपालको फुटबल लयमा रहेकाले यो पटकको उपाधि जित्न सक्ने ठूलो मौका रहेको छ ।