तिहारको मुखैमा सुनको भाउ तोलामा १५ सयले वृद्धि

काठमाडौं ।  तिहारको धनतेरसको दिन नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज मंगलबार सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेष गरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर