जापानमा एलडिपीले बहुमत गुमायो

काठमाडौं । जापानमा हिजो भएको संसदीय निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी एलडिपीको नेतृत्वमा रहेको गठबन्धनले बहुमत गुमाएको छ । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको एक दशकयताकै यो खराब नतिजा हो ।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा विपक्षी दलहरूले आधाभन्दा बढी सिट जितेका छन् । मत गणना अन्तिम चरणमा चलिरहेको छ । अब केवल २२ सिटको मत परिणाम घोषणा हुन बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार सत्तारुढ दल एलडिपी र यसको गठबन्धन कोमेटेले २ सय ८ सिटमा जित हासिल गरेको छ भने विपक्षीहरुले २ सय ३५ सिट जितेका छन् । संसदमा एकल बहुमत पुर्‍याउनका लागि २ सय ३३ सिट आवश्यक हुन्छ । विभिन्न विवादमा फसेको जापानको सत्तारुढ दलले दशकयताकै खराब नतिजाको सामना गर्नुपरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर