एमाले सचिव टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट गिरफ्तार

काठमाडौं । विगत केही सातादेखि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौंको बुढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेको बुझिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझी पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर