युइएफए युरोपा लिग : चेल्सीको जितमा फेलिक्सले २ गोल

काठमाडौं । चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए।
चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो। यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औ स्थानमा रहेको छ।
प्रतिक्रिया