पोखरामा रास्वपा र सहकारीपीडितको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । पोखरामा रास्वपा र सहकारीपीडितले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
कास्की जिल्ला अदालत नजिकै बिहीबार रास्वपाका कार्यकर्ता र सहकारी पीडितले छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् ।अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेत्रमा रास्वपा नेता कार्यकर्ताले र मुस्ताङ चोकमा सहकारी पीडितले प्रदर्शन गरिरहेका छन् ।
यता, अदालतमा सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।
प्रतिक्रिया