राफिन्हाको ह्याट्रिकमा बायर्नमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं। राफिन्हाको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन लिगमा बायर्न म्युनिखमाथि प्रभावशाली जित हात पारेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भएको हो।

बार्सिलोनाको यो दोस्रो जित हो। जितसँगै १०औं स्थानमा उक्लिएको बार्सिलोनाले तीन खेलबाट ६ अंक पुर्‍याएको छ। समान खेल खेलेको बायर्न तीन अंकसहित २३औं स्थानमा छ।

खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो। उनले फर्मिन लोपेजको क्रसलाई सदुपयोग गरे। १०औं मिनेटमा ह्यारी केनको गोललाई भिएआरले मान्यता नदिँदा बायर्न खेलमा फर्किन सकेन। तर, त्यसको आठ मिनेटपछि नै उनले नै बायर्नलाई खेलमा फर्काए।

२७औं मिनेटमा लोपेजको क्रसमा रोबर्ट लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोना पुन: अग्रता लिन सफल भयो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। यसपल्ट मार्क कासाडोले असिस्ट गरे। ५६औं मिनेटमा लामिन यमलको पासमा राफिन्हाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनलाई प्रभावशाली जित दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर