नेप्से परिसूचक २०.४१ अंकले घट्यो

काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ३.४५, फ्लट इन्डेक्स १.५४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.२० अंकले घटेको छ । आज १३ उपसमूहमध्ये फाइनान्स २.३२ र वित्त उपसमूह ०.२५ प्रतिशतले बढेकोमा अन्य ११ उपसमूहको शेयर भने घटेको छ ।

नेप्से घटे पनि आईसीएफसी फाइनान्सको शेयरमा सर्किट लागेको छ भने समृद्धि फाइनान्सको शेयर ९.९३ प्रतिशतले बढेको छ । माहुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक ४.२८ प्रतिशत र हिमालय बैंकका लगानीकर्ताले ४.०७ प्रतिशत गुमाएका छन् । यसदिन कारोबार रकम भने बढेको छ । ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको १  करोड ९ लाख ६२ हजार २८१ कित्ताबराबरको शेयर खरिद बिक्री भएकोमा आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँबराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर