एमालेलाई दानमा दिएको जग्गाको विषय सर्वोच्च अदालतमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको दान जग्गाको विषय सर्वोच्च अदालतमा पुगेको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा दर्ता गराएको रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्तिविरुद्ध ललितानिवासको जग्गा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो ? भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन निर्माण गर्न शिलान्याशसमेत गरेकाले त्यसकाविरुद्ध अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ। उक्त रिटका लागि भोलि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च प्रशासनले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलबार दरपीठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधबार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । दनमा पाएको जग्गामा एमालले आफ्नो केन्द्रीय कार्यालयको भवन बनाउने योजना राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर