ओलीको नीति विराेधीलाई खोजीखोजी सिध्याउने : प्रचण्ड

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सुशासनका नाममा आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन्। कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि भन्दै मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समितिको संयुक्त बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

ओली आफ्नालाई बचाउने तर, विराेधीलाई खोजीखोजी सिध्याउने शैलीमा अघि बढेको जिकिर प्रचण्डकाे छ । बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर, गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डकाे छ । सरकारकाे १०० दिने अवधि जनविराेधी देखिएकाे र जनतामा चरम निराशा बढाएकाे प्रचण्डकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर