खाँणमाथि थप अनुसन्धान गर्न अरू चार दिन लाग्ने

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान गर्न समय नपुगेको भन्दै थप चार दिनको म्याद लिएको छ ।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट आइतबार थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिँदै थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रारम्मिक अनुसन्धानमा उनको संलग्नता देखापरेपछि खाँणलाई गत बिहीबार पक्राउ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर