नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौं ।  नेप्से परिसूचक सोमबार पनि उच्च अंकले घटेको छ। आइतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंक गरी दुई दिनमा नेप्से १०५.४३ अंकले घटेको छ। आज २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ।

आज सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् आइतबार आठ अर्ब १८ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ९० करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २८ करोड रूपैयाँ कमी आएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर