जम्मु कश्मीरमा हमला : सात जनाको मृत्यु

काठमाडौं । जम्मु कश्मीरको गन्देरबलमा निर्माणाधीन सुरुङ नजिक भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हमलामा एक डाक्टर र छ जना कामदारसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गन्देरबलको सोनमर्ग क्षेत्रको गुन्डमा सुरुङ परियोजनामा ​​काम गरिरहेका मजदुर र अन्य कर्मचारीहरू साँझ अबेर आफ्नो शिविरमा फर्किंदै गर्दा अज्ञात आतङ्ककारीहरूले आक्रमण गरेको समाचारमा उल्लेख छ ।

दुई कामदारको घटनास्थलमै मृत्यु भएको थियो जबकि डाक्टर र अन्य चार कामदारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल हमलामा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । ८ अक्टोबरमा जम्मू–कश्मीर चुनावको नतिजा घोषणा भएको थियो र सरकार गठनपछि पहिलो पटक यस्तो ठूलो चरमपन्थी हमला भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर