नेपाल-अमेरिका टी-२० सिरिज : अमेरिकालाई १ सय ७१ रनको लक्ष्य

काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको टी- २० आइ सिरिजको दास्रो खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिका अहिले ब्याटिङ गरिरहेको छ । यसअघि अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ७० रन जोडेको थियो ।

नेपालका कुशल भुर्तेलले अविजित ९२ रन जोड्ने क्रममा ६ छक्का र ७ चौका प्रहार गरेका थिए । यसैगरी अनिल शाहले २५ रन जोडे भने गुलशन झाले १९ रन तथा कप्तान रोहित पौडेलले १८ रनमा आउट भए । करण केसीले छ रन जोडे भने दिपेन्द्र सिंह एरीले दुई रन बनाए ।

घरेलु टोली अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम टी- २० भोली सोमबार रहेको छ । नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा पहिलो खेलको प्लेईङ-११ लाई निरन्तरता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर