आफ्ना सभापतिमाथि प्रतिशोध साँधेको रास्वपाको ठहर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता÷कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौँको माइतीघरमा भेला भई पार्टीका नेता/कार्यकर्ताहरूले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

यसैगरी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले आफ्नो पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोजेको आरोप लगाएका छन्।

शनिबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरिएको विरोध प्रदर्शनको सभामा उनले संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले नै एक त्यान्द्रो प्रमाण नभएको बताएको भन्दै सहकारीको रकम अपचलनमा रवि लामिछानेको कुनै भूमिका नरहेको जिकिर गरे।

‘कोही तीन करोडको घडी लगाउने, यहाँ रवि लामिछानेलाई हतकडी लगाएर पोखरा ल्याउन आवश्यक थिएन। यो प्रतिशोध साँधिएकै हो। बदला लिएकै हो। अहिलेको कुशासनबाट विषय मोड्न खोजिएकै हो। आफ्नो अक्षमता लुकाउन खोजिएकै हो,’ वाग्लेले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर