सशस्त्रको खाना खाँदै कास्की प्रहरीको हिराशतमा रवि लामिछाने

काठमाडौं । सूर्यदर्शन सहकारीमा रहेको बचतकर्ताको रकम अपचलनमा संलग्न रहेको आरोपमा अदालतको स्वीकृति लिएर पक्राउ परेका रवि लामिछानेलाई पोखरा लैजानेक्रममा हिजो शुक्रबार बेलुकी कुरिनटारमा रहेको सशस्त्र प्रहरीको कार्यालयमा बेलुकाको खाना खुवाइयो। उनलाई हिजै राति स्थलमार्गबाट पोखरा लगिएको हो।
काठमाडौंबाट सुरक्षासहित लैजानेक्रममा ठाउँ(ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू रविको पक्राउको विरोध गर्न भेला भएका थिए। मुग्लिनको चोकमा रास्वपाका समर्थकहरू हातमा प्लेकार्डसहित रविको पक्षमा नाराबाजीका लागि भेला भएका थिए। उनीहरूले सहकारी ठगीमा संलग्न अन्य दलका नेतालाई उन्मुक्ति दिएर राजनीतिक पूर्वाग्रहको आधारमा रविलाई पक्राउ गरेको भन्दै नाराबाजी गर्दै उनलाई राखिएको गाडी पोखरा लैजान अवरोध गर्ने प्रयास गरेका थिए।
स्वास्थ्य परीक्षणपछि लामिछानेलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । आज शनिबार अदालत बन्दका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर