रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको हो ।

रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

यसअघि उक्त कम्पनीमा साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ । कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा भइसकेका छन् ।  सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थली पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर