प्रतिपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलहरुले सरकारको काम कारबाहीको समीक्षा गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । आज शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको प्रतिपक्षी दलको बैठकमा प्रतिपक्षी दलहरूबीच भएको छलफलमा उक्त निष्कर्ष निकालिएको बताइएको छ ।
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताएअनुसार आजको बैठकले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको निष्कर्ष निकालेको छ । साथै, सरकारले बाढीपहिरोजन्य विपद्को समयमा प्रभावकारी काम गर्न नसकेको प्रतिपक्षी दलहरुको ठहर छ ।

‘प्रतिपक्षी दलहरुले जनसरकारको विषयमा उठाएको आवाजहरु छन्, सरकारले त्यसप्रति गम्भीरता देखाएन, जिम्मेवारी बोध गरेन र सकारात्मक ढंगले रेस्पोन्स गरेन भने विशेष अधिवेशनको आह्वान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ । त्यसको बारेमा पनि छलफल भएको छ । तर, अहिले भर्खर जनसरोकारको विषय लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण पत्र पेश गर्ने निष्कर्ष निकालेको छ’, नेता बस्नेतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर